थुप्रै डटकमले ल्यायो अडियो बुक

  • Technology Khabar | ३० जेष्ठ २०७८, आईतवार
थुप्रै डटकमले ल्यायो अडियो बुक

काठमाडौं ।

अनलाइनमार्फत नेपाली पुस्तकहरु बिक्री गर्दै आएको थुप्रै डटकमले सुन्न सकिने पुस्तक (अडियो बुक)को विकास गरेको छ । कामको व्यस्तताले पुस्तक पढ्न चाहेर पनि समय निकाल्न नसक्नेहरूका लागि अडियो बुक उपयुक्त हुने सो संस्थाको भनाइ छ ।

छापिएका पुस्तक किन्नुभन्दा अडियो बुक निकै सस्तो पर्दछ । कार्यालय आउजाउ गर्दा वा भ्रमणका बखत गाडी चलाउँदा होस् वा बसमा यात्रा गर्दा होस् समयको उपयोग गरेर अडियो बुक सुन्न सकिन्छ ।

दृष्टिविहीन वा आँखाका समस्या भएकाहरूका लागि पनि अडियो बुक उपयुक्त विकल्प हुने थुप्रै डटकमले विज्ञप्तिमार्फत जनाएको छ ।

थुप्रै डटकमका सहसंस्थापक दीपेश आचार्यले नेपाली भाषा बोल्न र बुझ्न सक्ने तर नेपाली पढ्न र लेख्न नसक्ने आप्रवासी नेपालीका लागि पनि अडियो बुक उपयुक्त हुने बताएका छन् ।

प्रकाशित: ३० जेष्ठ २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार