काठमाडौं ।
आगामी जुलाइ १६ मा अनरले आफ्नो ५० सिरिजका स्मार्टफोन आधिकारिक रुपमा सार्वजनिक गर्ने भएको छ।
यो सिरिज गत वर्ष ह्वावेबाट अलग भएपछिको कम्पनीको पहिलो हाइ-इन्ड स्मार्टफोनको सिरिज हो। यसैबीच यो सिरिजका तीन ओटै फोनका विवरण र तस्बिर बाहिर आएका छन्।
अनर ५० एसई
यीमध्ये अनर ५० एसई यो सिरिजको इन्ट्री लेभल फोन हुनेछ जसमा ६.७८ इन्चको फुलएचडी+ एलसीडी डिस्प्लेका साथमा मिडियाटेकको डाइमेन्सिटी ९०० चिपसेट र १०० मेगापिक्सेलको मुख्य क्यामरासहितको ट्रिपल क्यामरा सेटअप रहनेछ।
यसबाहेक ६६ वाट फास्ट चार्जिङ सपोर्टसहितको ४००० एमएएच ब्याट्री दिइएको छ।
अनर ५०
अनर ५० मा भने ६.५७ इन्चको फुल एचडी+ ओएलईडी डिस्प्ले, स्न्यापड्रागन ७७८जी चिपसेट, १०८ मेगापिक्सेलको मुख्यसहित क्वाड क्यामरा सेटअप रहनेछ।
अनर ५० प्रो
यसमा ठूलो ६.७२ इन्चको फुलएचडी+ ओएलईडी स्क्रीन र १२ मेगापिक्सेलको सेल्फी क्यामराबाहेक बाँकी सबै स्पेसिफिकेशन अनर ५० को जस्तै छ।
यसमा १०० वाटको फास्ट चार्जिङ सपोर्टसहितको ४००० एमएएचको ब्याट्री दिइएको छ भने यसले २५ मिनेटमा यो डिभाइसलाई शून्यबाट फुल चार्जसम्म पुर्याउन सक्ने कम्पनीको दावी छ।
प्रकाशित: २९ जेष्ठ २०७८, शनिबार