रियलमीको पहिलो ट्याब्लेट र ल्यापटप जुन १५ मा सार्वजनिक हुने

  • Technology Khabar | २९ जेष्ठ २०७८, शनिबार
रियलमीको पहिलो ट्याब्लेट र ल्यापटप जुन १५ मा सार्वजनिक हुने

काठमाडौं ।

चिनियाँ कम्पनी रियलमीले आगामी जुन १५ मा स्न्यापड्रागन ८८८ चिपसेटयुक्त रियलमी जीटी फाइभजी विश्ववुयापी रुपमा सार्वजनिक गर्दैछ। यसै दिन कम्पनीको पहिलो ल्यापटप र ट्याब्लेट पनि सार्वजनिक हुने बुझिएको छ।

प्रेस विज्ञप्ति अनुसार रियलमीको स्मार्टफोन व्यापारले छलाङ मारिरहेको र अब कम्पनीले यसै ब्रन्ड अन्तर्गत विभिन्न कन्जुमर इलेक्ट्रोनिक क्याटेगरीका सामानहरु निर्माण गरेर यो छलाङलाई अझ विस्तार गर्नुपर्ने उल्लेख गरिएको छ।

रियलमीले ल्याउन लागेका ल्यापटप र ट्याब्लेट रियलमी स्मार्टफोन तथा अन्य उत्पादनसँग एआईओटी इकोसिस्टममार्फत् जोडिएर अभूतपूर्व यूजर अनुभव प्रदान गर्ने बुझिएको छ।

आफ्नो पोर्टफोलियोमा ल्यापटप र ट्याब्लेट थप्नु रियलमीको लागि मात्रै नभएर भिभो ओपो रियलीलगायतका ब्रान्डको माउ संस्था बीबीके इलेक्ट्रोनिक्सकै लागि पनि पहिलो पटक हो।

रियलमीका उत्पादनमा टीभी, ३६० डिग्री क्यामरा, वाच, ब्याण्ड, स्केल बिजुलीका चिम लगायतका थुप्रै स्मार्ट डिभाइसहरु उपलब्ध छन्।

प्रकाशित: २९ जेष्ठ २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार