एन्ड्रोइड १२ एन्ड्रोइडको इतिहासमै सबैभन्दा बढी डाउनलोड हुन सफल बिटा भर्सन

  • Technology Khabar | २९ जेष्ठ २०७८, शनिबार
एन्ड्रोइड १२ एन्ड्रोइडको इतिहासमै सबैभन्दा बढी डाउनलोड हुन सफल बिटा भर्सन

काठमाडौं ।

एन्ड्रोइड १२ बिटा एन्ड्रोइडको इतिहासमा हालसम्मकै सबैभन्दा बढी डाउनलोड/इन्स्टल गरिएको बिटा भर्सन बन्न पुगेको छ।

एन्ड्रोइडका लागि इन्जिनियरिङका उपाध्यक्ष डेभ बर्कले हालै यसको पुष्टि गरेका हुन्। तर उनले हालसम्म कतिपटक डाउनलोड भयो भन्ने नखुलाएकाले अघिल्ला भर्सनहरुसँग तुलना गर्न भने सकिएको छैन।

एन्ड्रोइड १२ गत मे मा पहिलो पटक बिटा परीक्षणका लागि शुरु गरिएको थियो जसमा धेरै पछि यसको मुख्य इन्टरफेसमा नयाँ डिजाइन दिइएको थियो।

यो नयाँ परिवर्तनलाई ‘मेटेरियल यू’ नाम दिइएको थियो जसले नयाँ भर्सनप्रति मानिसहरुको चासो बढाउन मद्दत गरेको थियो।

थुप्रै एन्ड्रोइड निर्माताहरुका लागि बिटा १ को प्रयोगमा समयअगावै जाने तयारी गरेकाले यसलाई पिक्सेल यूजरबाहेकले पनि डाउनलोड गरेका छन्। गुगलले बिहीबारमात्रै पिक्सेल प्रयोगकर्ताका लागि नयाँ गोपनीयता फिचर र अन्य परिवर्तनसहित एन्ड्रोइड १२ को बिटा २ भर्सन सार्वजनिक गरेको छ।  

प्रकाशित: २९ जेष्ठ २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार