परिणाम आउने गरी कार्य सम्पादन गर्न सञ्चारमन्त्री थापाको निर्देशन

  • Technology Khabar | २९ जेष्ठ २०७८, शनिबार
परिणाम आउने गरी कार्य सम्पादन गर्न सञ्चारमन्त्री थापाको निर्देशन

काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापाले मन्त्रालयको लक्ष्य तथा योजना सफल पार्नेगरी आफ्नो ध्यान केन्द्रीत गर्न मन्त्रालयका कर्मचारीलाई निर्देशन दिएकी छन् । मन्त्रालयका महाशाखा तथा शाखा प्रमुखसँग शुक्रबार सम्पन्न छलफलमा उनले नयाँ बजेटमा घोषणा भएअनुरुप मन्त्रालयका कार्यक्रमलाई प्रभावकारी ढङ्गले सम्पादन हुने गरी कार्ययोजना बनाउन भनिन् ।

कर्मचारीलाई परिणाम आउने गरी कार्य सम्पादन गर्न निर्देशन दिँदै उनले भनिन्, “कति ध्यान दिएर काम गरे भन्ने आफूलाई थाहा हुन्छ । आफ्नो कामबाट सबै भन्दा पहिले आफू सन्तुष्ट हुने गरी काम गर्नुहोस् ।” मन्त्री थापाले पहिलेको राम्रा कार्यक्रमलाई निरन्तरता दिने तथा केही नयाँ कार्यक्रमहरु ल्याउने गरी आफूले गृहकार्य गरिरहेको जानकारी दिईन् ।

अहिलेको युग सूचनाप्रविधिको युग भएको जनाउँदै उनले सोहीअनुरुप नेपालले यस क्षेत्रमा फड्को मार्न आवश्यक रहेकामा जोड दिईन् ।

मन्त्रालयका सचिव हरिप्रसाद बस्याल, महाशाखाका प्रमुख लगायतको उपस्थिति रहेको थियो । सो अवसरमा मन्त्रालयले सम्पादन गरिरहेका काम तथा आगामी कार्यक्रम सम्बन्धी विस्तृत प्रस्तुतीकरण गरिएको थियो। गोरखापत्रबाट

प्रकाशित: २९ जेष्ठ २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार