चीनको डीडी चुसिङ्गले अमेरिकामा शेयर जारी गर्ने, १० अर्ब डलर उठाउने योजना

  • Technology Khabar | २९ जेष्ठ २०७८, शनिबार
चीनको डीडी चुसिङ्गले अमेरिकामा शेयर जारी गर्ने, १० अर्ब डलर उठाउने योजना

काठमाडौं ।

चीनको सबैभन्दा ठूलो राइड हेलिङ्ग फर्म, डीडी चुसिङ्गले अमेरिकामा सार्वजनिक रूपमा सूचीबद्ध कम्पनी बन्नका लागि कागजात दर्ता गरेको छ ।

रोयटर्सकाअनुसार कम्पनीलाई सफ्टब्यांक, अलीबाबा र टेन्सेन्टलगायत एशियाका केही ठूला प्रविधि लगानी कम्पनीहरूले समर्थन गरेका छन्। शेयर बजारमा आउन प्रस्तुत गरिएको सेयरको रकम र मूल्य खुलाइएको थिएन।

यद्यपि कम्पनीले करीव १० अर्ब डलर उठाउन सक्छ र १०० अर्ब डलरको बजार मूल्य खोज्न सक्छ, यस विषयमा राम्ररी परिचित स्रोतहरूले रोयटर्सलाई भनेका छन् ।

सन् २०१४ पछि चिनियाँ कम्पनीले संयुक्त राज्य अमेरिकामा सबैभन्दा ठूलो सेयर अफर गर्न लागेको हो, जब यसअघि ईकमर्श जायन्ट अलिबाबाले २५ अर्ब डलर उठाएको थियो ।

डीडीको मोबाइल एप छ, जहाँ प्रयोगकर्ताले ट्याक्सीहरू, निजी स्वामित्वमा रहेको कार, कार पूल र केही शहरहरूमा बसहरू भाडामा लिन सक्छन्।

यसको इलेक्ट्रिक भेहिकल चार्जिङ्ग नेटवर्क, फ्लीट व्यवस्थापन, कार निर्माण र अटोनोमस ड्राइभिङ्गमा पनि रुची छ । यो १५ देशहरूमा विस्तार भएको छ, तर चीन यसको सबैभन्दा ठूलो बजार बनेको छ। एजेन्सी

प्रकाशित: २९ जेष्ठ २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...