
काठमाडौं ।
ताइवान सेमिकण्डक्टर म्यानुफ्याक्चरिङ कम्पनी टीएसएमसीले जापानमा पनि आफ्नो चिप निर्माण कम्पनी स्थापना गर्ने भएको छ। टोक्योले विभिन्न कम्पनीलाई स्वदेशमा चिप निर्माणको कार्य विस्तार गर्न आग्रह गरेसँगै यो खबर बाहिर आएको हो।
हाल जापनाको पश्चिमी क्षेत्रमा प्लान्ट स्थापना हुन लागेको र उक्त क्षेत्रबाट सोनीको प्लान्ट पनि नजिक पर्ने बुझिएको छ।
सोनीले इमेज सेन्सर, अटोमोटिभ माइक्रोकन्ट्रोलर तथा अन्य चिपहरुको उच्च माग पूरा गर्न टीएसएमसीसँग आवश्यक सहयोग लिनेछ।
एक स्रोतले बताए अनुसार टीएसएमसीले जापान सरकारबाट अत्याधुनिक चिप फ्याक्ट्री स्थापना गर्ने आग्रहसहितको प्रस्ताव कुरिरहेको छ।
प्रस्ताव र दुवै पक्षको सम्झाैता भएर कार्यान्वयनमा आएको खण्डमा यो जापानमा टीएसएमसीको यो पहिलो प्लान्ट हुनेछ।
प्रकाशित: २८ जेष्ठ २०७८, शुक्रबार