अवैध ठानिएका सामग्री नहटाएको भन्दै फेसबुकलाई रुसमा जरिवाना

  • Technology Khabar | २८ जेष्ठ २०७८, शुक्रबार
अवैध ठानिएका सामग्री नहटाएको भन्दै फेसबुकलाई रुसमा जरिवाना

काठमाडौं ।

एक रूसी अदालतले बिहीबार अमेरिकाको टेक्नोलोजी जायन्ट फेसबुक इंकलाई १ करोड ७० लाख रुबल जरिवाना गरेको छ  ।

फेसबुकलाई मस्कोले आदेश दिएअनुसार आफ्नो प्लेटफर्ममा भएका अवैध ठानिएका सामग्री मेटाउन असफल भएको भन्दै सो जरिवाना गरिएको हो ।

यसअघि नियमनकारी निकायले सोशल मिडिया फेसबुकलाई रुसमा अबैध ठानिएका सामाग्रीहरु हटाउन आदेश दिएको थियो ।

यसअघि अर्को सोशल मिडिया ट्विटरलाई पनि नियमनकारी निकायले आदेश पालना नगरेको भन्दै रुस भित्र स्लो बनाएको थियो । एजेन्सी

प्रकाशित: २८ जेष्ठ २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...