
काठमाडौं ।
सामसङको आउँदै गरेको स्मार्टफोन ग्यालेक्सी एम३२ को विवरण बाहिरिएको छ। सामसङ मोबाइल प्रेसले यसको आधिकारिक फोटोमार्फत् यसको पूर्ण विवरण जानकारीमा ल्याएको हो।
लीक भएको विवरण अनुसार सामसङको आउँदै गरेको यो स्मार्टफोनमा ६.४ इन्चको फुलएचडी+ सुपर एमोलेड डिस्प्ले रहनेछ। यो डिस्प्लेमा यू आकारको नचमा २० मेगापिक्सेलको सेल्फी क्यामरा पनि रहनेछ।
पावरका लागि ६००० एमएएच क्षमताको ब्याट्री रहने यो डिभाइसमा पछाडिपट्टि ४८ मेगापिक्सेलको मुख्य, ८ मेगापिक्सेलको अल्ट्रावाइड तथा ५-५ मेगापिक्सेलको म्याक्रो र डेप्थ सेन्सरसहितको क्वाड क्यामरा सेटअप रहनेछ।
एन्ड्रोइड ११ मा चल्ने यो फोनमा वनयूआई पनि उपलब्ध हुनेछ।
प्रकाशित: २७ जेष्ठ २०७८, बिहीबार