शाओमी एमआई ११ लाइट भारतमा जुन २२ मा उपलब्ध हुने

  • Technology Khabar | २७ जेष्ठ २०७८, बिहीबार
शाओमी एमआई ११ लाइट भारतमा जुन २२ मा उपलब्ध हुने

काठमाडौं ।

शाओमीले आफ्नो एमआई ११ लाइट स्मार्टफोन भारतमा जुन २२ मा सार्वजनिक गर्ने भएको छ।

गएको मार्चमा कम्पनीले एमआई ११ सिरिज भारतमा सार्वजनिक गर्ने घोषणा गरेको थियो। यसै क्रममा एमआई ११ अल्ट्रा गत अप्रिलमा नै उपलब्ध भइसकेको छ।

कम्पनीले एउटँ ट्वीट गर्दै यो डिभाइस जुन २२ मा आउने जानकारी दिएको हो। तर कुन भेरियन्ट आउने भन्ने नखुलेकोले फोरजी भर्सन आउने आकलन गरिएको छ।

क्वालकम स्न्यापड्रागन ७३२जी चिपसेटयुक्त यो डिभाइसको मूल्य यूरोपमा ३०० यूरो तोकिएको छ भने भारतमा यसको मूल्य २२ देखि २५ हजार भारुको हाराहारी हुन सक्ने अपेक्षा गरिएको छ।  

यो भारतमा फ्लिपकार्टमा उपलब्ध हुने यसअघि नै तय भइसकेको छ।

प्रकाशित: २७ जेष्ठ २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार