फोहोर व्यवस्थापन बिल अब खल्तीबाटै सिधैं भुक्तानी गर्न सकिने

  • Technology Khabar | २७ जेष्ठ २०७८, बिहीबार
फोहोर व्यवस्थापन बिल अब खल्तीबाटै सिधैं भुक्तानी गर्न सकिने

काठमाडौं ।

खल्ती डिजिटल वालेटले फोहोर संकलन कम्पनीहरुसँगको सहकार्यमा आफ्ना प्रयोगकर्ताहरूलाई अब खल्तीबाट निस्शुल्क, झन्झटरहित र तुरुन्तै फोहोर व्यवस्थापन बिल भुक्तानी गर्न सकिने सुविधा आफ्नो एपमा ल्याएको छ ।

फोहोर व्यवस्थापन कम्पनी र खल्ती डिजिटल वालेट बीच भएको सम्झौतापछि उक्त सेवा कार्यान्वयनमा आएको हो।

बिना कुनै अतिरिक्त शुल्क, अब छिटो र सजिलै आफ्नो फोहोर संकलनको बिल तिर्न सकिने भएको छ। हाल खल्तीले यो सेवा उपत्यकाको चार क्षेत्रहरु एक्सन वेस्ट बानेश्वर, एक्टिभ नेपाल बौद्ध, सर्वकल्याण सेवा थानकोट, र क्लिन नेपालमा संचालनमा ल्याएको छ ।

आगामी दिनमा चाँडै नै थप कम्पनीहरु सँग सहमति र सहकार्य गरी फोहोर व्यवस्थापन बिल खल्ती मार्फत घरैबाट तिर्न सकिने सुविधा ल्याउने खल्तीले तयारी गरिरहेको छ ।

सम्झौतामा हस्ताक्षर गरिसके पश्चात खल्ती डिजिटल वालेटका सहायक प्रबन्धक जोनाम भूर्तेलले भन्छन, ‘फोहोर संकलन गर्ने कम्पनीहरुसँगको यो सहकार्यले अब कुनै पनि समयमा फोहरमैलाको रकम झन्झटरहित तवरले जुनसुकै ठाउँ र समयमा तिर्न धेरै नै सहज हुने अपेक्षा हामीले (खल्ती) राखेका छौँ ।’

‘उक्त सेवा सफ्टवेर कम्पनी अपकोड नेपालको सहयोगमा सुरुवात भएको हो जसप्रति हामी निकै नै कृतज्ञ छौँ,’ उनले भने, ‘यसले निश्चय नै डिजिटल युगमा नयाँ क्रान्ति ल्याउन थप सहयोग पुग्नेछ ।’

यो सेवाको लाभ लिन, खल्तीको होम स्क्रिनमा रहेको Waste मा ट्याप गरि आफ्नो फोहोर संकलन गर्ने कम्पनि छान्नुपर्ने हुन्छ ।

त्यसपछि, आफ्नो कार्ड नम्बर भरि GET DETAILS बटनमा ट्याप गरेपछि अर्को स्क्रिनमा कुल रकम देखा पर्नेछ। अब, सबै विवरण ठिक भएको यकिन गरि सिधै बिल भुक्तानी गर्न सकिन्छ।

प्रकाशित: २७ जेष्ठ २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Sri Lanka arrests 1,093 foreigners in cybercrime crackdown in 2026

  • Technology Khabar
  • २७ जेष्ठ २०७८, बिहीबार