
काठमाडौं ।
नासाको जुनो स्पेसक्राफ्टले सोमबार बृहस्पति ग्रहको सबैभन्दा ठूलो चन्द्रमा ग्यानमिडको पहिलो तस्वीरहरू प्राप्त गरेको छ जतिबेला हिउँ पर्ने चन्द्रमाकाे छेउबाट उडेको थियो । जुनो दुई दशकमा ग्यानमिडकाे छेउबाट उडान गर्ने दोस्रो अन्तरिक्ष यान हो।
नासाले आफ्नो इन्स्टाग्राम ह्यान्डलमा दुई तस्वीरहरू साझेदारी गरेको छ, जुन हाम्रो सौर प्रणालीको एक मात्र चन्द्रमाको सतहको नजिककाे विस्तृत दृश्य दिन्छ, जुन बुध ग्रह भन्दा पनि ठूलो छ।
तस्वीरहरुमध्ये एउटा जुपिटर अर्बिटरको जुनोक्याम इमेजरबाट खिचिएको हो र अर्को उसको स्टेलर रेफरेन्स युनिट स्टार क्यामराबाट लिएको हो । जसले उत्कृष्ट विवरणहरू प्रकट गर्दछ, साथै क्रेटरहरू र स्पष्ट रूपले ग्यानीमेडको स्पष्ट गाढा र उज्यालो क्षेत्र देखाउँछ ।
अन्तरिक्ष एजेन्सीले भनेअनुसार जुनोको फ्लाईबाई पछिल्लो २० वर्षमा बृहस्पतिको विशाल चन्द्रमाकाे सबैभन्दा नजिक पुगेको पहिलो स्पेसक्राफ्ट थियो। ‘यसको नजीक पुग्ने समयमा जुनो ग्यानमिडको सतह ६४५ माइल भित्र थियो,’ नासाले इन्स्टाग्राम पोस्टमा भनेको छ ।
यसअघि सन् २०००मा नासाको ग्यालिलियो अन्तरिक्ष यान ग्यानमिडको १६२ माइल नजिक पुगेको थियो । एजेन्सी
प्रकाशित: २६ जेष्ठ २०७८, बुधबार