सेमिकण्डक्टर चिप उत्पादनका लागि अमेरिकी सिनेटद्वारा अर्बाैं डलर अनुमोदन

  • Technology Khabar | २६ जेष्ठ २०७८, बुधबार

काठमाडौं ।

अमेरिकाको सिनेटले थुप्रै समयको प्रक्रियागत झण्झट तथा राजनीतिक समस्यापछि मंगलबार एउटा विज्ञान तथा प्रविधि विधेयक पारित गरेको छ। जसमा चीनसँगको प्रतिस्पर्धाका लागि अमेरिकाले देशमै सेमिकन्डक्टर चिप निर्माणका लागि अर्बो डलर छुट्याउने भएको छ।

विधेयकमा आर्टिफिसियल इन्टेलिजेन्स, सेमिकण्डक्टर तथा क्वान्टम कम्प्युटिङजस्ता अभ्युदयी प्रविधि उद्योगका क्षेत्रमा अर्बो डलर लगानी गर्ने उल्लेख छ।

यूएस इनोभेसन एन्ड कम्पिटिशन एक्ट नाम गरेको उक्त विधेयक यसअघि  सिनेटका बहुमत नेता चक शुमरले बनाएको इन्डलेस फ्रन्टियर एक्टलाई मिलाएर यो विधेयक ल्याइएको बुझिएको छ।

इन्डलेस फ्रन्टियरलाई बाइडेन प्रशासनबाट आएको पहिलो द्विपक्षीय विधेयकका रुपमा सराहना गरिएको छ। केही महिनाअघि दुवै पार्टीले पारित गर्नै पर्ने भए पनि राजनीतिक कारणले गर्दा यसलाई सिनेटसम्म पुर्याइएको थियो।

विधेयकले हालका लागि स्वदेशी सेमिकण्डक्टर निर्माणका लागि ५२ अर्ब डलर नेशनल साइन्स फाउण्डेशनबाट व्यवहारिक विज्ञानमा केन्द्रित हुनका लागि नयाँ विज्ञान निर्देशनालयाका लागि थप ३० प्रतिशत अथात् अरु २९ अर्ब डलर छुट्याएको छ।

‘भविष्यको प्रविधिबारेको दोड जित्ने नै विश्वको आर्थिक कमान सम्हाल्नेछ,’ शुमरले मंगलबार ट्वीटमा लेखेका छन्, ‘हामीले विज्ञान, अनुसन्धान र विकास, निर्माण तथा नव प्रवर्तनमा लगानी गर्नुपर्छ।’

प्रकाशित: २६ जेष्ठ २०७८, बुधबार

तपाइको प्रतिक्रिया

ताजा समाचार