वनप्लसले डाइमेन्सिटी १२०० चिपसेटयुक्त फोनमा काम गर्दै, छिट्टै आउन सक्ने

  • Technology Khabar | २६ जेष्ठ २०७८, बुधबार

काठमाडौं ।

चिनियाँ स्मार्टफोन कम्पनी वनप्लसले मिडियाटेकको डाइमेन्सिटी चिपसेट प्रयोग गरेर स्मार्टफोन ल्याउन लागेको बुझिएको छ।

आफ्ना फोनहरुमा सामान्यतया क्वालकमको स्न्यापड्रागन चिपसेट प्रयोग गर्दै आइरहेको वनप्लसले अब भने चिनियाँ कम्पनीको चिपसेटलाई स्थान दिन लागेको डिजिटल च्याट स्टेशनले लीक गरेको जानकारीमा उल्लेख छ।

उक्त लीक अनुसार डाइमेन्सिटी १२०० चिपसेट रहेको स्मार्टफोन इन्जिनियरिङ प्रोटोटाइप तहमा पुगेको र यसको डिस्प्लेको माथिपट्टि बायाँ साइडमा पन्चहोल रहने बुझिएको छ। यस्तै डिजाइन यसअघिको वनप्लु ९ मा पनि रहेको थियो। यसको डिस्प्ले प्यानल भ्यानिला वनप्लस९ जत्तिकै चाैडा हुने आकलन पनि गरिएको छ।

यसको पछाडिपट्टी ५० मेगापिक्सेलको सोनी आईएमएक्स७६६ मुख्य सेन्सर तथा बाँकी दुई ओटा अरु लेन्ससहित ट्रिपल क्यामरा सेटअप र एउटा एलईडी फ्ल्याश राखिएको छ।  

यसमा अक्सिजनओएस रहनेछ भने यो विश्वव्यापी रुपमा उपलब्ध हुनेछ। यसको शुरुवाती मूल्य चिनियाँ युआन २००० अर्थात् ३१३ डलर हाराहारी तोकिने डिजिटल च्याट स्टेशनको अनुमान छ।

प्रकाशित: २६ जेष्ठ २०७८, बुधबार

तपाइको प्रतिक्रिया