पोको एम३ प्रो फाइभजी स्मार्टफोन भारतमा जुन १४ बाट खरिद गर्न सकिने

  • Technology Khabar | २५ जेष्ठ २०७८, मंगलवार
पोको एम३ प्रो फाइभजी स्मार्टफोन भारतमा जुन १४ बाट खरिद गर्न सकिने

काठमाडौं ।

पोकोले पहिलोपटक आफ्नो मध्यमस्तरको फाइभजी कनेक्टिभिटीसहितको स्मार्टफोन अघिल्लो महिना अर्थात् मे मा सार्वजनिक गरेको थियो। सार्वजनिक भएलगत्तै यो डिभाइस यूरोपदेखि सुदूर-पूर्वी एशियाका थुप्रै बजारमा उपलब्ध भयो।

यही आकर्षक र बहु प्रतिक्षित डिभाइस कम्पनीले अब भने भारतीय बजारमा पनि उपलब्ध गराएङ्को छ।

यो फोन पहेंलो, नीलो र कालो गरी तीन रंगमा उपलब्ध हुनेछ भने यसको मूल्य ४ जीबी र्याम र ६४ जीबी आन्तरिक स्टोरेज भेरियन्टको १९० डलर अर्थात् १३, ९९९ भारु तथा ६ जीबी र्याम र १२८ जीबी आन्तरिक स्टोरेज भेरियन्टको २२० डलर अर्थात् १५, ९९९ भारु तोकिएको छ।

सार्वजनिक भएको पहिलो दिन शुरुका केही क्रेताहरुले केही रकम छुट पाउने पनि बताइएको छ।

मिडियाटेकको डाइमेन्सिटी चिपसेट रहेको यो डिभाइसमा ९० हर्ज रिफ्रेश रेटसहितको ६.५  इन्चको

फुल एचडी रेजोल्युशन भएको एलसीडी डिस्प्ले दिइएको छ। यसलाई पावर दिनका लागि १८ वाट फास्ट चार्जिङ सपोर्ट गर्ने ५००० एमएएच क्षमताको ब्याट्री राखिएको छ।

प्रकाशित: २५ जेष्ठ २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...