रियलमी जीटी फाइभजी जुन १५ मा विश्वव्यापी रुपमा सार्वजनिक हुने

  • Technology Khabar | २५ जेष्ठ २०७८, मंगलवार
रियलमी जीटी फाइभजी जुन १५ मा विश्वव्यापी रुपमा सार्वजनिक हुने

काठमाडौं ।

चिनियाँ स्मार्टफोन कम्पनी रियलमीले आफ्नो स्न्यापड्रागन ८८८ चिपसेटयुक्त जीटी फाइभजी फ्ल्यागशिप स्मार्टफोन सार्वजनिक हुने मिति घोषणा गरेको छ।

उक्त आधिकारिक घोषणा अनुसार रियलमीको जीटी फाइभजी डिभाइस आगामी जुन १५ तारिख मंगलबारका दिन विश्वव्यापी रुपमा सार्वजनिक हुनेछ। उक्त सार्वजनिक कार्यक्रमको कीनोट वक्तव्य १२ बजे यूटीसीमा शुरु हुनेछ भने कार्यक्रम युट्युबमा लाइभस्ट्रिम गरिने बुझिएको छ।

https://twitter.com/realmeUK/status/1402188651312844803

सोमबारमात्रै रियलमीले जीटी फाइभजीको ईयू क्षेत्रमा पर्ने मूल्य सार्वजनिक गरेको थियो जस अनुसार १२ जीबी र्याम र २५६ जीबी आन्तरिक स्टोरेज भेरियन्टको ५५० यूरो पर्नेछ। यसबाट रियलमी जीटी फाइभजी यूरोपमा स्न्यापड्रागन ८८८ युक्त सबैभन्दा सस्तो स्मार्टफोन भएको बुझिएको छ।

प्रकाशित: २५ जेष्ठ २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...