Technology Khabar २५ जेष्ठ २०७८, मंगलवार
काठमाडौं ।
सामसङले हालै ट्वीटरमा एउटा पोस्ट गर्दै जुन १० तारिखमा नयाँ आईआईएसओसेल सेन्सर सार्वजनिक गर्ने जनाएको छ।
यो सेन्सर ‘सबैका लागि आईएसओसेल’ प्रकारको हुनेछ जसको अर्थ यो मध्यम स्तरका समार्टफोनहरुमा पनि प्रयोग हुनेछ।
यसअघि हाइ-इन्ड डिभाइसहरु जस्तै ग्यालेक्सी एस२१ मा १०८ मेगापिक्सेलको आईएसओसेल एचएम३ १/१.३३ इन्चको तथा शाओमी एमआई ११ अल्ट्रामा ५० मेगापिक्सेलको आईएसओसेल जीएन२ १/१.१२ इन्चको आईएसओसेल राखिएको थियो।
https://twitter.com/samsungisocell/status/1401887488956903427
स्रोतका अनुसार हाल ५० मेगापिक्सेलको सेन्सर रहेका सबै इन्ट्री तथा मिड- रेन्जका डिभाइसहरुमा ०.८ माइक्रोमवटरको ४८ मेगापिक्सेल क्यामरा सेन्सर राखिने पनि बुझिएको छ।
प्रकाशित: २५ जेष्ठ २०७८, मंगलवार