मेरो डक्टरको निःशुल्क स्वास्थ्य परामर्श अब प्याब्सन र एनप्याब्सनका शिक्षक तथा कर्मचारीलाई

  • Technology Khabar | २४ जेष्ठ २०७८, सोमबार
मेरो डक्टरको निःशुल्क स्वास्थ्य परामर्श अब प्याब्सन र एनप्याब्सनका शिक्षक तथा कर्मचारीलाई

काठमाडौं ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्टिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (एनप्याब्सन) का विद्यालयका प्रिन्सिपल, शिक्षक एवं कर्मचारीहरुले मेरो डक्टरबाट एक महिना निःशुल्क स्वास्थ्य परामर्श लिन सक्ने भएका छन् ।

प्याब्सन र एनप्याब्सनले मिदास टेक्नोलोजीजसँगको सहकार्यमा आफ्ना सम्पूर्ण विद्यालयका प्रिन्सिपल, शिक्षक एवं कर्मचारीहरुलाई घरमै बसेर मेरो डक्टर अनलाइन भिडियो परामर्श मार्फत एक महिना सम्म निःशुल्क स्वास्थ्य परामर्श लिन सकिने व्यवस्था मिलाएको हो ।

मेरो डक्टरमा २०० भन्दा बढी विशेषज्ञ डाक्टरहरु नियमित रुपमा भिडियोमार्फत परामर्श दिन उपलब्ध हुने छन् । विरामीहरुले निःशुल्क परामर्श सेवा मोबाइल अथवा ल्यापटपबाट लिन सक्ने छन् ।

कुनै पनि समय र स्थानबाट मेरो डक्टरमा उपलब्ध भएका डाक्टरहरुसँग अपोइन्टमेन्ट लिएर स्वास्थ्य परामर्श सेवा लिन सकिने कम्पनीले जनाएको छ ।

कोरोना महामारीसँगै जारी निषेधाज्ञाले हिँडडुलमा कठिनाइ भई बिरामीहरू आफ्नो नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल वा चिकित्सकको सम्पर्कमा आउन नसक्दा समयमै उपचार वा परामर्श नपाएर उनीहरूको रोग बढी च्यापिसकेको अवस्थामा पुग्ने जोखिमलाई न्यूनीकरण गर्न यस्तो व्यवस्था गरिएको बताईएको छ ।

प्रकाशित: २४ जेष्ठ २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...