
काठमाडौं ।
नयाँ भेरियण्टको कोभिड-१९ महामारीको संक्रमण तीव्र रुपमा वढि रहेको सन्दर्भमा उक्त संक्रमण रोकथाम तथा नियन्त्रणका लागि “सम्पूर्ण नेपालीको जीवन रक्षाको लागि हामी एक हौं” भन्ने अभियानमा नेपाल चेम्वर अफ कमर्स तथा नेपाल चिकित्सक संघबाट जेठ १६ देखि टेली मेडिसिन सेन्टरबाट परामर्श सेवा शुभारम्भ भएकोमा यस सेवाबाट स्वदेश तथा बिदेशका गरी कोभिड तथा ननकोभिड बिरामीहरुले दैनिक रुपमा ३०० जनाले परामर्श सेवा प्राप्त गरेका छन् ।
चेम्वरका अध्यक्ष राजेन्द्र मल्लले दैनिक रुपमा ३०० जनाले सेवा प्राप्त गरेको बताउँदै आगामी दिनमा अन्य बिरामीहरुले पनि यस सेवा बाट परामर्श प्राप्त गर्न सक्ने र अस्पतालमा जान असमर्थ बिरामीहरुले यस सेवाबाट लाभान्वित हुने बताए ।
यस केन्द्र संचालनका लागि साल्ट ट्रेडिङ्ग कर्पोरेशन तथा ईश्वरलाल प्रतिष्ठानको पनि सह प्रायोजन रहेको छ । यस केन्द्रबाट सेवा लिन इच्छुक व्यक्तीहरुले Mero Doctor एप प्रयोग गर्न सकिने र उक्त एप कसरी प्रयोग गर्ने सम्वन्धमा www.merodoctor.com/help मा गई यस वारे आवश्यक जानकारी प्राप्त गर्ने व्यवस्था रहेको चेम्बरले जनाएको छ ।
प्रकाशित: २४ जेष्ठ २०७८, सोमबार