सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अब प्रधानमन्त्री केपी शर्मा ओली मातहत

  • Technology Khabar | २१ जेष्ठ २०७८, शुक्रबार
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अब प्रधानमन्त्री केपी शर्मा ओली मातहत
फाइल

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद पुनर्गठन गरेर सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलगायत विभिन्न मन्त्रालयहरु आफ्नो मातहतमा ल्याएका छन्। प्रधानमन्त्रीले पुनर्गठन गरेको मन्त्रिपरिषद्मा ३ जना उपप्रधानमन्त्रीसहित १२ मन्त्री र २ जना राज्यमन्त्री छन्।

प्रधानमन्त्री ओलीले आफूसँग सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसहित रक्षा, गृह, कृषि तथा पशुपन्छी विकास, पर्यटन, उद्योग बाणिज्य तथा आपूर्ति र सामान्य प्रशासन मन्त्रालय राखेका छन् ।

यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रीको रुपमा पार्वत गुरुङ कार्यरत थिए ।

पुनर्गठित मन्त्रिपरिषदमा विष्णु पौडेल उपप्रधानसहित अर्थ, रघुवीर महासेठ उपप्रधानसहित परराष्ट्र र राजेन्द्र महतो उपप्रधानसहित शहरी विकास मन्त्री बनेका छन्। उनीहरूले आजै राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिएका हुन्।

त्यस्तै बसन्त नेम्वाङ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, कृष्णगोपाल श्रेष्ठ शिक्षा मन्त्रालय र लीलानाथ श्रेष्ठ कानून मन्त्रीका रुपमा यथावत रहेका छन्। शेरबहादुर तामाङले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका छन्।

जसपाबाट महतोबाहेक ७ जनाले मन्त्री र २ जनाले राज्यमन्त्रीको जिम्मेवारी पाएका छन्।

प्रकाशित: २१ जेष्ठ २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार