Technology Khabar २१ जेष्ठ २०७८, शुक्रबार
काठमाडौं ।
सिटिजन्स बैङ्क इन्टरनेसनलले ‘पेडे लोन’ नामक नयाँ कर्जा सुविधा सार्वजनिक गरेको छ । बैङ्कले एफवान सफ्ट इन्टरनेसनलसँगको सहकार्यमा यस्तो योजना ल्याएको हो ।
बिहीबार भर्चुअल कार्यक्रममार्फत बैङ्कका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले ‘पेडे लोन’ योजना सार्वजनिक गरेका हुन् ।
बैङ्कमा तलब खाता सञ्चालन गरिरहेका तथा बचत खातामा नियमित कारोबार गर्ने ग्राहकले अधिकतम ३० दिनसम्मका लागि अधिकतम दुई लाखसम्म मोबाइल बैङ्किङमार्फत पेडे लोन सुविधा प्राप्त गर्नसक्ने बैङ्कले जनाएको छ ।
प्रकाशित: २१ जेष्ठ २०७८, शुक्रबार