अब ह्वाट्सएप छिट्टै ४ ओटासम्म डिभाइसमा चलाउन सकिने

  • Technology Khabar | २१ जेष्ठ २०७८, शुक्रबार
अब ह्वाट्सएप छिट्टै ४ ओटासम्म डिभाइसमा चलाउन सकिने

काठमाडौं ।

ह्वाट्सएपले आउँदो महिना आफ्नो एप्लिकेशनको मल्टि डिभाइस सपोर्ट फिचरको पब्लिक बिटा परीक्षण शुरु गर्ने पुष्टि गरेको छ। यसबाट यूजरले एउटै एकाउन्ट चार वटा डिभाइसमा लिंक गरेर चलाउन् सक्नेछन्।

यसमा नयाँ ‘भ्यू वन्स’ र ‘ डिस्अपियरिङ मोड’ फिचर पनि थपिने भएका छन्। यो आधिकारिक जानकारी फेसबुकका सीईओ मार्क जुकरबर्ग र ह्वाट्सएपका प्रमुख विल क्याथकार्टले विबिटाइन्फोलाई दिएको अन्तर्वार्तामार्फत् आएको हो।

क्याथकार्टले ह्वाट्सएपको आईप्याड एप बनिरहेको र मल्टि डिभाइस सपोर्ट फिचरले यसलाई ह्वाट्सएपमा चलाउन सहज हुने बताए।

यसैमा जुकरबर्गले भ्यू वन्स फिचर पनि थपिएको र यसमार्फत् एकपटक हेरेपछि आफैं हराउने खालका मेसेजहरु पठाउन सक्ने जानकारी दिए।

हाल कुनै पनि मेसेज निश्चित समयपछि डिलिट गर्ने अप्शन भएकामा कम्पनीले आफ्नो डिस्अपियरिङ मेसेज फिचरलाई अझै विस्तार गर्ने क्रममा रहेको बुझिएको छ।

भविष्यमा नयाँ डिस्अपियरिङ मोड अप्शन मार्फत् सबै च्याट थ्रेडमा डिस्अपियरिङ मेसेज फिचर इनेबल गर्न सकिनेछ।

फेसबुकका सीईओ मार्क जुकरबर्गले मल्टि डिभाइस फिचरले व्यक्तिहरुले पठाएका मेसेजहरुको इन्ड-टू-इन्ड इन्क्रिप्शनमा कुनै असर नपार्ने पनि स्पष्ट पारे।

तर भ्यू वन्स तथा डिस्अपियरिङ मोड कहिलेदेखि शुरु हुन्छ भन्ने नबताइए पनि मल्टि डिभाइस फिचर भने आउँदो महिनाबाट पब्लिक बिटामा जाने बताइएको छ। यस बाहेक पासवर्ड प्रोटेक्टेड इन्क्रिप्टेड च्याट ब्याकअप फिचरमार्फत् आईओएस र एन्ड्रोइडबीच च्याट हिस्ट्री ट्रान्सफर गर्न पनि सहज हुने बुझिएको छ।

प्रकाशित: २१ जेष्ठ २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार