‘चार्ली बिट मी’ एनएफटीबाट आएको रकम चार्ली दाजुभाइले पढाइमा खर्च गर्ने

  • Technology Khabar | २० जेष्ठ २०७८, बिहीबार
‘चार्ली बिट मी’ एनएफटीबाट आएको रकम चार्ली दाजुभाइले पढाइमा खर्च गर्ने

काठमाडौं ।

केही समय अघि ५ लाख डलर एनएफटीमा आफ्नो बाल्यकालको भिडियो/फोटो बिक्री गरेका अमेरिकाका चार्ली र ह्यारी दाजुभाइ अहिले १५ र १७ वर्षका भएका छन्।

लगभग १४ वर्षअघि उनीहरुका पिताले खिचेको भाइ चार्लीले दाजु ह्यारीको ‌औंला टोकेको भिडियो युट्युबमा  साढे ८८ करोड पटक हेरिएको थियो। त्यसै चर्चाका आधारमा यो केही समयअघि एनएफटीका रुपमा  ५ लाख डलरमा बिक्री भएको थियो।

हालै ती दाजुभाइले उक्त रकम आफ्नो विश्वविद्यालयको पढाइमा खर्च गर्ने बताएका छन्। दाजु ह्यारी हाल १७ वर्षका भएका र उनले इन्जिनीयरिङ पढ्न युनिभर्सिटी कलेज लण्डन वा इम्पेरियल कलेज लण्डनमा भर्ना हुने मनशाय व्यक्त गरेका हुन्। भाइ चार्ली १५ वर्षका मात्र भएकाले उनले भने यसबारेका कुनै धारणा बनाइसकेका छैनन्।

उनले आफ्ना दुई भाइहरु ज्यास्पर र रुपर्टले पढ्न चाहेका उनीहरुको शुल्कमा प्रयोग गरिदिने भने बताएका छन्।

मलाइ म आफैंले दाइको औंला टोकेको सम्झना छैन, झन् यसबाट यति ठूलो रकम हात लाग्दा रमाइलो लागिरहेको छ, चार्लीले भने, ‘हामी यही पैसाले दुई पटक अमेरिका गइसक्याैं, मैले स्काइ स्डटुडियो घुमें र थुप्रै राम्रा मानिसहरु भेटें। यो हाम्रो जिन्दगीको एउटा थपिएको पाटो हो जसलाई हामी खुसीसाथ अंगालिरहेका छाैं।

यसै सम्बन्धमा उनीहरुका पिता होवार्डले भने, ‘लिलामीकर्ता हरुले यो भिडियो एनएफटीमा जाने भएपछि युट्युबबाट हटाउन भनेका थिए, तर क्रेताले आफूलाई सक्कली भिडियो युट्युबमै रहिरहँदा पनि खुसी लाग्ने बताएपछि हटाइएन।’

प्रकाशित: २० जेष्ठ २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...