इन्टरनेट सेवा अब आवश्यक सेवामा समावेश, हडताल गर्न निषेध

Technology Khabar १९ जेष्ठ २०७८, बुधबार

काठमाडौं ।

सरकारले इन्टरनेट सेवालाई समेत अत्यावश्यक सेवाको सूचीमा समावेश गरेको छ । सरकारले हालै इन्टरनेट सेवालाई आवश्यक सेवामा समावेश गरेर सो सेवामा हडताल तथा बन्द गर्न निशेध गरेको हो ।

यसको लागि गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै हडताल निषेध गर्ने क्षेत्रहरु उल्लेख गरेको छ छ ।

यसअघि नै सरकारले टेलिफोन सेवा तथा सञ्चार सेवालाई हडताल गर्न नपाईने निषेधको सूचीमा राखिसकेको छ ।

सचिव महेश्वर न्यौपानेको हस्ताक्षरमा सोमबार प्रकाशित राजपत्रमा सरकारले आवश्यक सेवाऐन २०१४ को दफा ३ को उपदफा १ ले दिएको अधिकारी प्रयोग गरेर सो आदेश जारी गरेको उल्लेख छ ।

यसअघि नै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सिनियर म्यानेजमेन्ट मिटिङ्गले इन्टरनेट सेवालाई अत्यावश्यक सेवामा राख्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको थियो । त्यसैगरि मन्त्रिपरिषदले पनि इन्टरनेट सेवाको मर्मत र संचालनलाई अत्यावश्यक सेवाअन्तरगत राखेर संचालन गर्न दिने निर्णय गरेको थियो ।

यो पनि हेर्नुस्-

इन्टरनेट सेवालाई अत्यावश्यक सेवाको रुपमा राखिने

प्रकाशित: १९ जेष्ठ २०७८, बुधबार

तपाइको प्रतिक्रिया