Technology Khabar १८ जेष्ठ २०७८, मंगलवार
काठमाडौं ।
गाडी निर्माता कम्पनी डेमलरले नोकियालाई यसको पेटेन्ट प्रयोग गरेकोमा भुक्तान गर्न राजी भएको छ । यसले प्रमुख प्रविधिहरूको लागि रोयल्टीमा टेक र कार कम्पनीहरू बीचको विवादलाई समाधान गरिदिएको छ ।
नोकिया, जसले हरेक वर्ष १.९ अर्ब युरो लाईसेन्स राजस्व कमाउँछ र कार निर्माता डेमलरले हालका वर्षहरुमा जर्मनीको अदालतमा एक अर्कालाई मुद्दा हालेका थिए।
टेक फर्महरू अटोमेकरहरूले प्रयोग गर्ने नेभिगेसन प्रणाली, सवारी साधन सञ्चार र सेल्फ ड्राइभिंग कारहरूमा प्रयोग हुने टेक्नोलोजीहरूको लागि रोयल्टी तिरुन भन्न चाहन्छन् ।
मंगलबार डेमलरसँग संयुक्तरूपमा घोषणा गरिएको सम्झौता नोकियाको लागि जीत हो जसले अप्रिलमा चीनको लेनोवोसँग सम्झौता गरेको थियो । जस अन्तर्गत विश्वको सबैभन्दा ठूलो पीसी निर्माताले फिनिश टेलिकम उपकरण निर्मातालाई नेट ब्यालेन्सिंग भुक्तानी गर्नेछ र सबै पेन्डिङ्ग समस्या समाधान गर्ने प्रयास गर्नेछ ।
प्रकाशित: १८ जेष्ठ २०७८, मंगलवार