Technology Khabar १८ जेष्ठ २०७८, मंगलवार
काठमाडौं ।
कोरोना महामारिका कारण जारी निषेधाज्ञाको समय सदुपयोग गर्ने उद्देश्वका साथ फ्युचर एजुकेशन अफ साइन्स एण्ड टेक्नोलोजीले निशुल्क रुपमा पाइथन प्रोग्रामिङ सञ्चालन गर्ने भएको छ । फेस्ट कम्पनीले यसभन्दा पहिले पनि विभिन्न अनलाइन मार्फत विभिन्न कोर्षहरु निशुल्क सञ्चालन गरेको थियो ।
दैनिक ९० मिनेटको सेसनको दरले कुल ७ घण्टा आउँदो २५ जेठबाट शुरु हुने निशुल्क कक्षा २९ जेठ सम्म सञ्चालन हुने जानकारी दिएको छ ।
निशुल्क अनलाइन कक्षामा पाइथन प्रोग्रामिङ अवसर र क्यारियरको विषयमा व्यापक चर्चा हुनेछ । पाइथनबाट बनेका विभिन्न प्रोजेक्टहरु बारेमा पनि जानकारी दिइनेछ । निशुल्क कक्षामा पाइथनको फण्डामेन्टल्स, फ्रेमवर्क, स्कोप र एप्रोचेज आदी विभिन्न विषयमा केन्द्रीत रहेर तालिम सञ्चालन हुनेछ ।
पाइथन सेसनका लागि सुरुमा रजिस्टर गर्नेलाई प्राथमिकता दिइनेछ कम्पनिले जनाएको छ । सेसनको समय विहान ११ बजे देखि १२.३० बजे सम्म सञ्चालन हुनेछ ।
फेस्टले लकडाउनमा नै निशुल्क वर्णमाला गुगल प्ले स्टोरमा सार्वजनिक र सयौँ जनालाई प्रोग्रामिङ ल्याङवेज पढाइसकेको छ । विशेष गरी फेस्ट शिक्षा क्षेत्रमा काम गरिरहेको छ ।
फेस्टले विभिन्न क्षेत्रसँग सम्बन्धित सफ्टवेयर, वेबपेज डिजाइनिङ, डाटावेश डिजाइनिङ, विभिन्न किसिमका एप्लिकेशन बनाउने र आइटी सम्बन्धि काम परामर्श र इन्टनसिप र जागिरको व्यवस्था गर्ने काम पनि गरिरहेको छ । फेस्ट कम्पनीले विज्ञान र प्रविधिको क्षेत्रमा विगत ७ वर्ष देखि निरन्तर रुपमा सरकारी तथा गैरससरकारी संस्थाहरुमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा काम गरिरहेको जनाएको छ ।
निशुल्क रुपमा पाइथन प्रोग्रामिङ सिक्न चाहनुहुन्छ भने यहाँ क्लिक गरी फाराम भर्नुहोस् र आफ्नो सिट सुरक्षित गर्नुहोस् ।
प्रकाशित: १८ जेष्ठ २०७८, मंगलवार