अनर ५० सिरिज जुन १६ मा सार्वजनिक हुने

  • Technology Khabar | १८ जेष्ठ २०७८, मंगलवार
अनर ५० सिरिज जुन १६ मा सार्वजनिक हुने

काठमाडौं ।

गत वर्ष ह्वावेबाट छुट्टिएर स्वतनत्र ब्रान्डका रुपमा स्मार्टफोन तथा डिभाइस उत्पादन गर्दै आएको चिनियाँ कम्पनी अनरले आफ्नो नयाँ अनर ५० सिरिज आगामी जुन १६ मा सार्वजनिक गर्ने भएको छ।

कम्पनीले ५० सिरिजका स्मार्टफोनका स्सपेसिफिकेशनका बारेमा धेरै जानकारी बाहिर ल्याएको छैन। केही समयअघि भ्यानिला ५० मा स्न्यापड्रागन ७७८ चिपसेट रहने पुष्टि गरेको थियो।

मास्टर लु बेन्चमार्कका अनुसार प्रो मोडेलमा पनि सोही चिपसेट हुने तथा प्रो+ भेरियन्टमा भने स्न्यापड्रागनको अत्याधुनिक संस्करण ८८८ रहन सक्ने बुझिएको छ।

अनर प्रो+ का अन्य विवरणमा १२० हर्ज रिफ्रेश रेटसहितको ६.७९ इन्चको क्यूएडी+ एमोलेड स्क्रीन रहने बुझिएको छ। यसबाहेक ८ जीबी एलपीडीडीआर५ र्याम, १२८ जीबीको यूएफएस ३.१ स्टोरेज तथा तार जोडेर ५० वाट तथा वायरलेस रुपमा ६६ वाट आउटपुट भएको चार्जिङ सहितको ४४०० एमएएच ब्याट्री रहनेछ।

फोटोग्राफीका लागि यसमा पछाडि ५० मेगापिक्सेलको मुख्य, १३ मेगापिक्सेलको अल्ट्रावाइड, ८ मेगापिक्सेलको टेलिफोटो तथा एउटा थ्रीडी टीओएफ यूनिटसहितको क्वाड क्यामरा सेटअप रहने छ। यसैगरी सेल्फीका लागि अगाडि ३२ मेगापिक्सेलको मुख्य र अर्को एउटा ८ मेगापिक्सेलको गरी डुअल क्यामरा सेट अप उपलब्ध हुनेछ।

प्रकाशित: १८ जेष्ठ २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार