
काठमाडौं ।
इन्टेलले कम्प्युटेक २०२१ मा ११औं जेनेरेशनको टाइगर लेक चिप सिरिज सार्वजनिक गर्ने बुझिएकोमा अल्ट्राबुकका लागि यू सिरिजको भने घोषणा नै गरेको छ।
हालै कम्पनीले इन्टेल यू सिरिजको उत्कृष्ट कोर आई७-११९५जी७ तथा कोर आई५ रेन्जको सबैभन्दा शक्तिशाली कोर आई५-११५५जी७ सार्वजनिक गरेको हो।
यी दुवै चिप १२ देखि २८ वाटको रेन्जका छन् भने ४ कोर ८ थ्रेडका रहेका छन्। यसबाहेक दुवैमा इन्टेल आइरिस एक्सई रहेका छन् भने आई७ मोडल ९६ ईयू तथा आई५ मोडल ८० ईयूका रहेका छन्।
बेस क्लक स्पीड २.९० गिगाहर्ज रहेको आई७ ले इन्टेल टर्बो बूस्ट म्याक्स ३.० प्रविधिको मद्दतले अधिकतम ५.० गिगाहर्जको सिंगलकोर स्पीडसम्म पुग्छ। यस्तै आई५ को भने बेस क्लक स्पीड २.५ गिगाहर्ज छ र यसलाघ बुस्ट गरेर ४.५ गिगाहर्जसम्म पुर्याउन सकिन्छ।
यी चिपबाहेक कम्पनीले इन्टेल फाइभजी सोलुसन ५००० एम.२ मोड्युल पनि सार्वजनिक गरेको छ। यसले विश्वव्यापी मान्यता पाएको छ भने एटीएन्डटी र स्प्रिङ लगायतका सेवा प्रदायकहरुको कनेक्टिभिटी पनि सपोर्ट गर्छ। मिडियाटेक तथा फिबोकमको साझेदारीमा निर्मित यो मोडेम इन्टेलको गिगाबिट एलटीईभन्दा पाँच गुणा शक्तिशाली र छिटो रहेको छ। यो मोडेम सन् २०२२ मा आउने लगभग ३० भन्दा बढी डिजाइनका ल्यापटपमा प्रयोग गरिने कम्पनीले जनाएको छ।
प्रकाशित: १७ जेष्ठ २०७८, सोमबार