एनआईसी एशिया क्यापिटलमा अनलाइनबाटै लगानी व्यवस्थापन सेवा लिन सकिने

  • Technology Khabar | १७ जेष्ठ २०७८, सोमबार
एनआईसी एशिया क्यापिटलमा अनलाइनबाटै लगानी व्यवस्थापन सेवा लिन सकिने

काठमाडौं ।

एनआईसी एशिया क्यापिटलमा अनलाइनबाटै लगानी व्यवस्थापन सेवा (पीएमएस) लिन सकिने भएको छ । लगानीकर्तालाई सेयर बजारमा लगानी गरि प्रतिफल लिन सहजीकरण गर्ने मुख्य उद्देश्यका साथ एनआईसी एशिया क्यापिटलले लगानीकर्तालाई अनलाइनको माध्यमबाट लगानी व्यवस्थापन सेवाको लागी आवेदन दिन सक्ने व्यवस्था मिलाएको जानकारी दिएको छ।

लगानीकर्ताहरुले एनआईसी एशिया क्यापिटलको लगानी व्यवस्थापन सेवा अनलाईन मार्फत सहज रुपमा घरमै बसी लिई सेयर बजारमा लगानी गरि अल्पकालीन र दिर्घकालीन फाईदा लिन सक्नेछन् । उक्त सेवा लिने ग्राहकको लगानी सम्बन्धी निर्णय गर्दा सेयर बजार सम्बन्धी राम्रो ज्ञान र अनुभव भएका विज्ञ समुहबाट गरिने हुँदा लगानीकर्तालाई कम जोमिख बहन गरि उच्च प्रतिफल प्राप्त गर्ने अवसर प्राप्त हुने देखिन्छ ।

अनलाईन मार्फत लगानी व्यवस्थापन सेवा लिन चाहने ग्राहकहरुले एन आई सी एशिया क्यापिटलको वेभसाईट वा सोझै यो लिंकमा क्लिक गरि थप जानकारीको लागी आफ्नो समय अनुकुल भरच्युअल मिटिङ्गको लागि समय बुक गर्न सक्नुहुने छ । साथै उक्त लगानी व्यवस्थापन सेवा लिनको लागि सोझै यो लिंकमा क्लिक गरि रितपूर्वक आवश्यक विवरणरकागजातहरु अपलोड गर्नु पर्ने छ । उक्त सेवाको सम्बन्धमा थप जानकारीको लागि क्यापिटलको मोवाईल नं. ९८५११२१९९४ मा सोझै सम्पर्क गर्न सकिने बताईएको छ ।

साथै क्यापिटलको अनलाईन लगानी व्यवस्थापन सेवाले गर्दा लगानीकर्ताहरु घरमै सुरक्षित बसी हालको विषम परिस्थितिमा सहजै रुपमा लगानी व्यवस्थापनको सेवा लिई सेयर बजारबाट उचित लाभ लिन सक्ने विश्वास क्यापिटलले लिएको छ । अहिलेको समयमा सम्पूर्ण काम अनलाईनबाट हुने र परिस्थिति सहज हुन साथ अर्थात निषेधाज्ञा समाप्त भऐ पश्चात आवश्यक प्रकृयाको लागि एनआइसी एशिया क्यापिटलको प्रधान कार्यालय, बबरमहल, काठमाण्डौ वा क्यापिटलको शाखा कार्यालयहरुमा उपस्थित भई बाँकी प्रकृया अनिवार्य रुपमा पुरा गर्नुपर्ने जारी विज्ञप्तीमा उल्लेख छ ।

प्रकाशित: १७ जेष्ठ २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार