भियतनाममा कोरोना फैलिएकाले सामसङ र एप्पलको आपूर्ति श्रृङ्खलामा समस्या आउन सक्ने

  • Technology Khabar | १७ जेष्ठ २०७८, सोमबार
भियतनाममा कोरोना फैलिएकाले सामसङ र एप्पलको आपूर्ति श्रृङ्खलामा समस्या आउन सक्ने

काठमाडौं ।

भियतनाममा कोरोना भाइरस तीव्र रुपमा फैलिरहेकाले एप्पल तथा सामसङको आपूर्ति श्रृङ्खलामा गडबडी आउन सक्ने आकलन गरिएको छ। भियतनाममा रहेका फ्याक्ट्रीको उत्पादन क्षमता कोरोना फैलिएका कारण नै घटेको छ।

रोयटर्समा आएको एक रिपोर्ट अनुसार कोरोना तीव्र रुपमा फैलनाले भियतनामको उत्तरी भेगमा भएका फ्याक्ट्रीहरुको उत्पादन क्षमतामा ह्रास आएको छ। यस क्षेत्रमा विशेष गरी एप्पल र सामसङ तथा अन्य अग्रणी प्रविधि कम्पनीका विभिन्न कच्चा पदार्थलगायतका सामग्रीहरु बनाउने प्लान्ट रहेका छन्।

हाल भियतनाममा कोरोना तीव्र गतिमा फैलिरहेको र २०२१ अप्रिलयता देशका ६३ मध्ये ३० शहरका ३ हजार जनताको ज्यान लिइसकेको छ। यसबाहेक यसका कारण होटल रेस्टुरेन्ट बन्द भएका र मानिसहरुको भिड हुने काम पनि बन्द गराएको छ।

देशमा भएका थुप्रै व्यवसायीहरु पनि लकडाउनको मारमा परेका छन्।

प्रकाशित: १७ जेष्ठ २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार