सेमीकन्डक्टरको वैश्विक अभाव समाधान हुन धेरै वर्ष लाग्न सक्ने इन्टेलका सीईओको भनाई

Technology Khabar १७ जेष्ठ २०७८, सोमबार

काठमाडौं ।

इन्टेल कर्पोरेशनका सीईओले सोमबार सेमीकन्डक्टरको वैश्विक अभाव समाधान हुन धेरै वर्ष लाग्न सक्ने बताएका छन् ।

यो समस्याले केही अटो उत्पादन लाइनहरू बन्द भएको छ र उपभोक्ता इलेक्ट्रोनिक्सलगायत अन्य क्षेत्रमा पनि अभाव महसुस भईरहेको छ।

प्याट गेलसिङ्गरले ताइपेईको कम्प्युटेक्स ट्रेड शोको भर्चुअल सेसनमा बोल्दै भने- ‘कोभिड १९ महामारीको अवधिमा घरबाट काम र अध्ययन गर्ने प्रवृत्तिमा भएको वृद्धिले ‘सेमीकन्डक्टरमा विस्फोटक बृद्धि भएको छ’ जसले आपूर्ति श्रृंखलाहरूमा विश्वव्यापी रूपमा ठूलो तनाव बनाएको छ।’

तर जतिबेला उद्योगले यस अवधिमा अवरोधहरू सम्बोधन गर्न कदम चालेको छ इकोसिस्टमलाई फाउन्ड्री क्षमता, सब्सट्रेट र कम्पोनेन्टको अभावलाई सम्बोधन गर्न अझै केहि बर्ष लाग्न सक्ने उनले बताए ।

प्रकाशित: १७ जेष्ठ २०७८, सोमबार

तपाइको प्रतिक्रिया