काठमाडौं ।
चीनले अन्तरिक्षमा निर्माण गरिरहेको नयाँ अन्तरिक्ष केन्द्रका लागि सामान बोकेको एउटा कार्गो रकेट दक्षिण चीन सागरस्थित द्वीपबाट शनिबार प्रक्षेपण गरेको छ ।
लङ मार्च ७ नामको रकेटले स्वचालित टियानझाउ–२ अन्तरिक्ष यानलाई लिएर अन्तरिक्ष प्रस्थान गरेको छ । सो अन्तरिक्ष यान आईतवार सफलतापूर्वक यसअघिको कोर मोडूलसँग डक भएको छ । सो यानमा इन्धन र सामान राखिएको छ ।
टियानझाउ–२ र तियान्हे बिच कम्प्युटरमार्फत डकिङ्ग गरिएको थियो र यो सबै प्रकृयाको लागि ८ घण्टा लागेको बताईएको छ ।
चिनियाँ अन्तरिक्ष केन्द्रकाअनुसार हैनान द्वीपको वेनचाङ प्रक्षेपण केन्द्रबाट उक्त रकेट शनिबार राति ८.५५ बजे उडाइएको थियो ।
अन्तरिक्षमा स्थापना हुने नयाँ अन्तरिक्ष केन्द्रको मुख्य मोड्युल गत अप्रिल २९ मा अन्तरिक्षमा पठाइएको थियो ।
चिनिया अन्तरिक्ष निकायका अनुसार अर्को वर्षभित्र ११ वटा प्रक्षेपणमार्फत अरु दुई वटा मोड्युल अन्तरिक्षमा पठाइनेछ । नयाँ अन्तरिक्ष केन्द्र ७० टनको हुनेछ । यी प्रक्षेपणमार्फत बन्दोबस्तीका सामानका साथै तीन जना अन्तरिक्षयात्री पनि अन्तरिक्षमा पठाउने चीनको तयारी छ ।
चीनले आगामी २ वर्षभित्र सो अन्तरिक्ष स्टेशन तयारपारिसक्ने र यसको लागि कयौं उडानहरु गर्ने योजना लिएको छ ।
चीनले प्रक्षेपण गरेको तियान्हे रकेट भने अनियन्त्रित भई हालै मात्र पृथ्वीमा खसेको थियो । चीनले आफ्नो महत्वाकाङ्क्षी अन्तरिक्ष कार्यक्रमकै एक हिस्साका रुपमा प्रक्षेपण गरेको तियान्हे तेस्रो तथा सबैभन्दा ठूलो कक्षीय स्टेशन हो । एजेन्सी
प्रकाशित: १७ जेष्ठ २०७८, सोमबार