Technology Khabar १६ जेष्ठ २०७८, आईतवार
काठमाडौं ।
टेस्लाका सीईओ इलन मस्कले शनिबार ट्वीट गर्दै कारमा केही प्राविधिक काम बाँकी रहेकाले मोडल एस प्लेडको डेलिभरी जुन १० तारिखसम् ढिलाइ हुने जनाएका छन्।
‘यो कारमा अन्तरिक्षयानको जस्तै अनुभव हुन्छ’, मस्कले ट्वीटमा लेखेका छन्, ‘यसका अवयवमार्फत् महसुस हुने अनुभव शब्दमा व्यक्त गर्न सकिँदैन।’
सन् २०१९ देखि नै मोडल एस प्लेड कारका बारेमा चर्चा गर्दै आइरहेको कम्पनीका सीईओ मस्कले गत मे २० मा आधिकारिक ट्वीट गरेर जुन ३ मा आफ्नो क्यालिफोर्नियाको फर्मन्टमा रहेको फ्याक्ट्रीमा यसको आधिकारिक रुपमा सार्वजनिक गर्ने जानकारी दिएका थिए।
Model S Plaid delivery pushed to June 10. Needs one more week of tweak.
This car feels like a spaceship. Words cannot describe the limbic resonance.
— Elon Musk (@elonmusk) May 29, 2021
कम्पनीले गत वर्ष आफ्नो ब्याट्री डे प्रिजेन्टेशनका बेला मोडल एस प्लेड प्रदर्शन गरेको थियो। यो कार २ सेकेन्डभन्दा कम समयमा अधिकतम २०० को गतिमा शून्यदेखि ६० किलोमिटर प्रतिघण्टाको रफ्तारमा गुड्न सक्छ।
कम्पनीको वेबसाइटमा दिइए अनुसार अहिलेको प्लेडले एक पटक फुल चार्ज गर्दा ३९० देखि ४१२ माइलसम्म गुड्न सक्छ भने प्लेड प्लसमा यो क्षमता बढेर ५२० माइलभन्दा बढी पुग्नेछ।
यसैगरी मूल्यका हिसाबले मोडल एस प्लेडको १ लाख १९ हजार ९९० डलरबाट शुरु हुने र प्लेड प्लसको १ लाख ४९ हजार ९०० बाट शुरु हुनेछ। प्लेड प्लस भेरियन्ट भने २०२२ को आधाआधीदेखि मात्र उपलब्ध हुनेछ।
प्रकाशित: १६ जेष्ठ २०७८, आईतवार