Technology Khabar १६ जेष्ठ २०७८, आईतवार
काठमाडौं ।
यसै वर्षको अन्त्यमा सार्वजनिक हुने अनुमान गरिएको आईफोन १३ को डिस्प्ले सामसङ र एलजीले उत्पादन शुरु गरिसकेका छन् ।
कम्पनीहरुले उत्पादन शुरु गरेको अघिल्लो आईफोन १२ सिरिजको लागि भन्दा एक महिना छिटो भएको द इलेकले रिपोर्ट गरेको छ । गत वर्ष आईफोन १२ कोरोना महामारीका कारण निर्धारित समय भन्दा ढिलो लन्च भएको थियो ।
सामसङ डिस्प्लेले मे महिनाको मध्यमा र एलजी डिस्प्लेले हालसालै ओएलईडी प्यानल बनाउन शुरु गरेको उल्लेख छ । सामसङ डिस्प्लेले ८ करोड यूनिट ओएलईडी तयार पार्नेछ भने एलजीले ३ करोड यूनिट उत्पादन गर्नेछ ।
सन् २०२१ मा एप्पलले करिब १८ करोड आईफोन बेच्ने योजना बनाएको छ र यी उपकरणमा प्रयोग हुने डिस्प्ले उत्पादनको जिम्मा सामसङले पाएको हो।
सामसङ लो–टेम्पेरेचर पोलिक्रिस्टलाइन अक्साइड थिन फिल्म ट्रान्सिस्टर फिचर भएको डिस्प्लेको एक मात्र आपूर्तिकर्ता हो । लो–टेम्पेरेचर पोलिक्रिस्टलाइन अक्साइड थिन फिल्म ट्रान्सिस्टर फिचर भएको डिस्प्ले आईफोनको माथिल्लो अर्थात प्रो मोडलहरुमा उपयोग गरिनेछ ।
यसैगरी आईफोन १३ का अन्य दुई सामान्य मोडलमा भने लो–टेम्पेरेचर पोलिक्रिस्टलाइन सिलिकन टिएफटी ओएलइडी प्यानल डिस्प्ले प्रयोग हुनेछ र यसलाई एलजीले बनाउने छ ।
एप्पलले यो वर्ष बेच्ने आईफोन १२ सहितका मोडलहरुका लागि सामसङले करिब १२ देखि १३ करोड ओएलइडी डिस्पले आपूर्ति गर्ने अपेक्षा गरेको छ । त्यसैगरि एलजीले भने ५ करोड यूनिट आपूर्ति हुने अनुमान गरेको छ ।
१८ करोड आईफोनमध्ये १५ करोड करोड नयाँ आईफोनका लागि सामसङले डिस्प्ले उत्पादन गर्ने छ। बाँकी ३ करोड आईफोनका लागि भने एलजी कम्पनीले उत्पादन गर्ने छ।
रिर्पोटका अनुसार अर्को वर्ष एलजीले करिब ४ करोड आइफोनका लागि ओएलइडी डिस्प्ले बनाउने लक्ष्य राखेको छ।
प्रकाशित: १६ जेष्ठ २०७८, आईतवार