
काठमाडौं ।
फिफा विश्वकपको छनोट अन्तर्गत तयारीका लागि नेपालको राष्ट्रिय फुटबल टोली इराक पुगेको छ र आज राति नेपाल र इराकबीच मैत्रीपूर्ण फुटबल खेल हुँदैछ । नेपाली समयअनुसार आज राति १० बजेर १५ देखि इराकको अल्फाहया रंगशालामा खेल सुरु हुनेछ ।
कोरोना भाइरस महामारीमा ध्यानमा राख्दै सो खेलमा दर्शकको प्रवेशमा प्रतिबन्ध लगाईएको छ तर नेपाल र इराकबीच हुने फुटबल खेल अनलाइनबाटै हेर्न सकिने छ ।
अनलाइनबाटै नेपाल र इराकबीचको फुटबल खेल आईएनएम स्पोर्ट्सको अफिसियल युट्युब च्यानलबाट लाइभ हेर्न सकिने छ ।
फिफा विश्वकपको छनोट अन्तर्गत कुवेतमा हुने तीन खेलका लागि नेपाली टोली तयारी गर्न इराक पुगेको हो ।
प्रकाशित: १५ जेष्ठ २०७८, शनिबार