
काठमाडौं ।
अर्थमन्त्री बिष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८।७९ को बजेटमार्फत विद्युतिय सवारी साधनमा अन्तशुल्क खारेज गरेका छन् भने भन्सार महशुल समेत घटाएका छन् ।
उनले ग्राइण्डर, रेफ्रिजेरेटर, पंखा, हिटरलगायतका विद्युतीय इलेक्ट्रोनिक्स सेवाहरुमा अन्तशुल्क खारेज गरेर भन्सार महशुल छुट दिएको घोषणा गरेका छन् ।
त्यसैगरि डेबिटकार्ड क्रेडिटकार्ड मार्फत तिरेको रकममा १० प्रतिशत शुल्क तत्काल उपभोक्तालाई फिर्ता गरिने भएको छ ।
प्रकाशित: १५ जेष्ठ २०७८, शनिबार