सञ्चारगृहलाई पुनर्कर्जाको व्यवस्था, पत्रकारलाई देशभर निःशुल्क उपचारको व्यवस्था मिलाइने

  • Technology Khabar | १५ जेष्ठ २०७८, शनिबार
सञ्चारगृहलाई पुनर्कर्जाको व्यवस्था, पत्रकारलाई देशभर निःशुल्क उपचारको व्यवस्था मिलाइने

काठमाडौं ।

अर्थमन्त्री बिष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८।७९ को बजेटमार्फत सरकारले सञ्चारगृहलाई पुनर्कर्जाको व्यवस्था गर्ने घोषणा गरेका छन् ।

उनले पत्रकारहरुका लागि ७ लाख रुपैयाँसम्मको बीमा सेवा उपलब्ध गराउने घोषणा समेत गरेका छन् ।

यस्तै, नेपाल पत्रकार महासंघको सदस्य भएका पत्रकारलाई देशभर निःशुल्क उपचारको व्यवस्था मिलाइने अर्थमन्त्री विष्णु पौडेलले घोषणा गरेका छन् ।

उनले कोरोना महामारीका कारण रोजगारी गुमाएका पत्रकारहरुलाई लेखनवृत्ति प्रदान गरिने पनि बताए ।

प्रकाशित: १५ जेष्ठ २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...