
काठमाडौं ।
अर्थमन्त्री बिष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८।७९ को बजेटमार्फत सञ्चार तथा सूचना प्रविधि क्षेत्रको अधिकतम उपयोग गर्न डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयन गरिने भएको घोषणा गरेका छन् ।
दूरञ्चार सेवाको गुणस्तर अभिवृद्धि गर्न आगामी वर्षदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम संचालनमा ल्याउने घोषणा गरेका छन् । उनले यसबाट अवैध मोबाइलको आयात रोकिने अपेक्षा गरेका छन् ।
ग्रामिण दूरसञ्चार विकास कोषको उपयोगमार्फत सबै स्थानीय तहहरुमा ब्रोडब्याण्ड इन्टरनेट सेवा ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको लागि ७ अर्ब ७४ करोड रुपैयाँ बजेट बिनियोजन गरिएकोछ ।
प्रकाशित: १५ जेष्ठ २०७८, शनिबार