विज्ञान प्रविधि तथा नवप्रवर्तन परिषद गठन गरिने

  • Technology Khabar | १५ जेष्ठ २०७८, शनिबार
विज्ञान प्रविधि तथा नवप्रवर्तन परिषद गठन गरिने

काठमाडौं ।

सरकारले आगामी आर्थिक वर्ष २०७८।७९ को लागि बजेटमार्फत सबै प्रदेशमा युवा नवप्रवर्तन कार्यक्रम लागू गरिने भएको छ ।

त्यसैगरि सरकारले बजेटमार्फत विज्ञान तथा नवप्रबर्तनको विकास र अभिवृद्धि गर्न विज्ञान र प्रविधि तथा नवप्रवर्तन परिषद गठन गरिने घोषणा गरेको छ ।

अर्थमन्त्री बिष्णु पौडेलले शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयलाई १ खर्ब ८० अर्ब ४ करोड रकम बिनियोजन गरिएको घोषणा गरे । उनले नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट)को पुनर्संरचना गरिने घोषणा समेत गरे ।

प्रकाशित: १५ जेष्ठ २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार