आगामी १० वर्षभित्र पेट्रोल गाडीहरुलाई विद्युतीय सवारी साधनबाट प्रतिस्थापन गरिने

  • Technology Khabar | १५ जेष्ठ २०७८, शनिबार
आगामी १० वर्षभित्र पेट्रोल गाडीहरुलाई विद्युतीय सवारी साधनबाट प्रतिस्थापन गरिने

काठमाडौं ।

सरकारले आगामी आर्थिक वर्ष २०७८।७९ को लागि बजेट प्रस्तुत गरेकोछ ।

अर्थमन्त्री बिष्णु पौडेलले बजेटमा आगामी १० वर्षमा विद्युतीय सवारी साधन मात्र संचालन गर्ने महत्वाकांक्षि योजना सार्वजनिक गरेकाछन् ।

उनले विसं २०८८ सम्ममा  विद्युतीय सवारी साधन मात्र संचालन गर्ने सरोकारबालाहरुसँग समेत छलफल र अध्ययन गरिने बताए ।

बजेटमार्फत पेट्रोल सवारी साधनहरुलाई विद्युतीय सवारीमा परिवर्तन गरेमा ५ वर्षको लागि राजस्वमा छुट दिने घोषणा गरेका छन्।

प्रकाशित: १५ जेष्ठ २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...