सञ्चार मन्त्रालयले माग्यो राष्ट्रिय साइबर सुरक्षा नीतिको मस्याैदामाथि राय तथा सुझाव

  • Technology Khabar | १४ जेष्ठ २०७८, शुक्रबार
सञ्चार मन्त्रालयले माग्यो राष्ट्रिय साइबर सुरक्षा नीतिको मस्याैदामाथि राय तथा सुझाव
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय। फाइल तस्बिर

काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय साइबर सुरक्षा नीतिको हालै बनेको मस्याैदामाथि आफूलाई लागेका सुझाव, राय तथा पृष्ठपोषण उपलब्ध गराउन सबैलाई आग्रह गरेको छ।

शुक्रबार मन्त्रायलका उपसचिव मुकुन्द शर्माद्वारा हस्ताक्षरित एक विज्ञप्तिमा सूचना प्रविधिको प्रयोगसँगै यसबाट सिर्जित जोखिम चुनाैती र समस्यालाई न्यूनीकरण गर्ने मनशायले मन्त्रालयले तयार गरेको राष्ट्रिय साइबर सुरक्षा नीति, २०७८ को मस्याैदा मन्त्रालयको वेबसाइट www.mocit.gov.np मा राखिएको जनाइएको छ।

मन्त्रालयले उक्त मस्याैदा पढेर यही २०७८ साल जेठ २८ गते शुक्रबारसम्म राय, सुझाव तथा पृष्ठपोषण पठाउन सम्बन्धित सबैमा आह्वान गरेको छ।

यसका लागि [email protected][email protected] गरी दुई ओटा इमेल एड्रेस दिइएको छ।

*हेडलाइन सम्पादित

प्रकाशित: १४ जेष्ठ २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...