
काठमाडौं ।
सरकारका ५१ वटा निकायका वेबसाइटहरुको आईटी अडिट गरिएकोछ ।
सरकारले आज सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७७।७८ को आर्थिक सर्वेक्षणअनुसार ५१ वटा सरकारी निकायहरुको वेबसाइट र सूचना प्रविधि प्रणालीको अडिट गरिएको हो ।
सरकारी निकायका सूचना प्रविधि प्रणालीमा हुने साइबरसुरक्षा जोखिम न्यूनीकरण र व्यवस्थापन गर्न त्यस्तो सूचना प्रविधि प्रणाली अडिट गरिएको बताईएको छ ।
प्रकाशित: १४ जेष्ठ २०७८, शुक्रबार