
काठमाडौं ।
भारतमा पोकोको आउँदै गरेको नयाँ स्मार्टफोनको नाम पोको एफ३ जीटी रहने बुझिएको छ। शुक्रबार पोको इन्डियाले ट्विटरमा यसको पहिलो टिजर सार्वजनिक गर्दै यसका बारेमा पुष्ट्टि गरेको हो।
टिजरमा पोको एफ३ जीटीमा मिडियाटेकको डाइमेन्सिटी १२०० चिपसेट रहने उल्लेख छ।
"Locked & loaded, finger on the trigger" The next F is closer than you thought.
Good things come to those who wait, best things to those who never give up! pic.twitter.com/Pu7G6VZgFR
— POCO India (@IndiaPOCO) May 28, 2021
टिजरमा ‘क्यू३ छिट्टै आउँदैछ’ भन्ने लेखिएको छ जसबाट यो डिभाइस भारतमा आगामी जुलाइसम्म आउने आकल गरिएको छ।
स्पेसिफिशेनका आधारमा हेर्दा यो फोन गत महिना चीनमा घोषणा गरिएको रेडमी के४० गेमिङ एडिशनको रिब्रान्डेड भर्सन हुनसक्ने बताइएको छ।
रेडमी के४० गेमिङ एडिशन रेडमीको पहिलो गेमिङ स्मार्टफोन हो। पोको एफ३ जीटीमा पनि यसकै स्पेसिफिकेशन रहने आकलन गरिएको छ।
सबै विवरणहरु नआए पनि टिजर अनुसार पोको एफ३ जीटीमा १२० हर्ज रिफ्रेश रेटसहितको ६.६७ इन्चको फुल एचडी+ ओएलईडी डिस्प्ले रहनेछ। यसबाहेक डाइमेन्सिटी १२०० चिपसेट र १२ जीबी र्याम तथा २५६ जीबी आन्तरिक स्टोरेजका साथमा एमआईयूआई १२.५ तथा एन्ड्रोइड ११ अपरेटिङ सिस्टम रहनेछ।
साथमा १६ मेगापिक्सेल फ्रन्ट क्यामरा तथा ६४ मेगापिक्सेलको मुख्यसहित पछाडिपट्टि ट्रिपल क्यामरा सेटअप दिइएको छ। पावरका लागि ६७ वाट फास्ट चार्जर सहितको ५०६५ एमएएच क्षमताको ब्याट्री उपलब्ध गराइनेछ।
यसको मूल्य भारतमा ३०० देखि ४०० यूरोसम्म पर्ने पोको इन्डियाका कन्ट्री डाइरेकटरको हवाला दिँदै इन्डिया टुडेमा लेखिएको छ।
प्रकाशित: १४ जेष्ठ २०७८, शुक्रबार