
काठमाडौं ।
सामसङले हालै ग्यालेक्सी ट्याब एस७ एफई फाइभजी तथा ग्यालेक्सी ट्याब ए७ सार्वजनिक गरेको छ।
यीमध्ये दुवैमा वाइफाइ र एलटीई सपोर्ट रहेको छ भने एफई मोडलमा फाइभजी मोडम पनि रहेको छ।
ट्याब एस७ एफई फाइभजी
यसमा १२.४ इन्चको २५६०x१६०० पिक्सेल रेजोल्युशन भएको एलसीडी रहेको छ जसको रिफ्रेश रेट ६० हर्ज छ।
यसमा एन्ड्रोइड ११ तथा वन यूआई ३.१ दिइएको छ।
स्पेसिफिकेशन बक्समा एस पेन पनि समावेश गरिएको छ। चिपसेटका हिसाबले यसमा मध्यमस्तरको स्न्यापड्रागन ७५०जी राखिएको छ भने ४ जीबी र्याम र ६४ जीबी तथा ६ जीबी र्याम र १२६ जीबीको दुई स्टोरेज भेरियन्ट दिइएको छ।
१० हजार ९० एमएएच ब्याट्री र ४५ वाट फास्ट चार्जर दिइएङ्को छ। फाइभजी कनेक्टिभिटी, वाइफँइ ५, ब्लूटूथ ५.० का साथमा डल्बी एट्मसयुक्त एकेजी स्टेरियो स्पिकर राखिएको छ।
पछाडि ८ मेगापिक्सेलको क्यामराले फोरके भिडियो रेकर्ड गर्न सक्छ भने सेल्फीका लागि ५ मेगापिक्सेलको क्यामरा राखिएको छ।
यो ट्याब यूरोपमा सामसङको आधिकारिक वेबसाइटमार्फत् बेस भेरियन्टको ५९० र ६ जीबी र्याम र १२८ जीबी स्टोरेजको ६३० यूरोमा खरिद गर्न सकिनेछ।
प्रकाशित: १४ जेष्ठ २०७८, शुक्रबार