सामसङ डिस्प्लेले अर्को वर्षसम्म एलसीडी प्यानललाई निरन्तरता दिने

  • Technology Khabar | १४ जेष्ठ २०७८, शुक्रबार
सामसङ डिस्प्लेले अर्को वर्षसम्म एलसीडी प्यानललाई निरन्तरता दिने

काठमाडौं ।

गत वर्षको मार्च महिनामा सामसङ डिस्प्लेले सन् २०२० को अन्त्यपछि एलसीडी प्यानल बनाउन बन्द गर्ने चर्चा चरेको थियो।

तर उक्त कुरा चर्चामै सीमित रह्यो र कम्पनीले एलसीडी उत्पादनमा निरन्तरता दिइरह्यो। तर हालै कोरियाको एउटा समाचारपत्रले सामसङ डिस्प्लेले अर्को वर्षको अन्त्यसम्म मात्र यसको उत्पादन जारी राख्ने समाचार छापेको छ।

गत वर्ष जुन महिनादेखि एलसीडी प्यानलको मूल्यमा उल्लेख्य वृद्धि भएको छ र अझै निरन्तर बढिरहेको छ।

कम्पनीले एलसीडी उत्पादन सामसङ इलेक्ट्रोनिक्सको मागका कारण लम्बयाइरहेको बुझिएको छ। सामसङ डिस्प्लेले अर्को वर्षसम्म यसलाई निरन्तरता दिएको खण्डमा सामसङ इलेक्ट्रोनिक्सले आफ्ना चिनियाँ विकल्पहरु बीओई सीएसओटीसँग मोलमोलाइ गर्न सक्छ।

प्रकाशित: १४ जेष्ठ २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...