
काठमाडौं ।
एचएमडी ग्लोबलले यो वर्षको पहिलो त्रैमास अर्थात् जनवरीदेखि मार्चसम्म २० लाख थान नोकिया फोन बिक्री गर्न सफल भएको छ। यो सङ्ख्या अघिल्लो वर्षको सोही अवधिको भन्दा ३ लाखले कम हो।
तर नोकियामोबको हवाला दिँदै काउन्टरप्वाइन्ट रिसर्चले अगाडि ल्याएको तथ्याङ्क अनुसार यो संख्या अघिल्लो त्रैमास अर्थात् सन् २०२० को अक्टवबरदेखि डिसेम्बरसम्मको भन्दा ८ लाखले कम छ। अघिल्लो वर्षको अन्तिम त्रैमासमा कम्पनीले २८ लाख नोकिया स्मार्टफोन बेचेको तथ्याङ्क छ।
यो बीचमा नोकियाका स्मार्टफोनले भारतको बजार केही गुमायो। भारतमा नोकिया फोनले यो वर्षको पहिलो त्रैमासमा अघिल्लो वर्षको अन्तिम त्रैमासमा भन्दा ३८.५ प्रतिशत तथा सोही वर्षको पहिलो त्रैमासको तुलनामा १७ प्रतिशत बजार हिस्सा गुमाउन पुग्यो।
नोकियाले अफ्रिका तथा यूरोपका केही भागमा राम्रो व्यापार गरेकाले अघिल्लो वर्षको अन्तिम त्रैमासमा स्मार्टफोनको बिक्री बढाउन मद्दत गरेको थियो।
प्रकाशित: १४ जेष्ठ २०७८, शुक्रबार