यस वर्ष स्मार्टफोनको बिक्रीमा उल्लेख्य वृद्धि हुने आईडीसीको आकलन

  • Technology Khabar | १३ जेष्ठ २०७८, बिहीबार
यस वर्ष स्मार्टफोनको बिक्रीमा उल्लेख्य वृद्धि हुने आईडीसीको आकलन

काठमाडौं ।

अन्तरराष्ट्रिय तथ्याङक निगम आईडीसीको हालैको अनुमान अनुसार विश्वमा स्मार्टफोनको बजार निकै फस्टाउने भएको छ।

संकलित तथ्याङकहरुका आधारमा आईडीसीले यो वर्ष समग्रमा विश्वभर १ अर्ब ३८ करोड थान स्मार्टफोन बिक्री हुने प्रक्षेपण र यो सङ्ख्या गत वर्षको तुलनामा ७.७ प्रतिशतले धेरै तथा सन् २०२१ यताकै सर्वाधिक रहेको जानकारी दिएको छ।

यो वृद्धिको प्रवृत्ति अर्को वर्ष अर्थात् सन् २०२२ सम्म पनि ३.८ प्रतिशतको वार्षिक वृद्धिका साथ निरन्तर हुने पनि अपेक्षा गरिएको छ।

फाइभजी सेवाको विश्वव्यापी विस्तार तथा फाइभजी इनेबल्ड स्मार्टफोनको मूल्यमा कमी आएकाले यस वर्षको अन्त्यसम्ममा फाइभजी स्मार्टफोनको बिक्री ३ अंकको प्रतिशतले वृद्धि हुने आईडीसीको बुझाइ छ।

फाइभजीको लगभग ५० प्रतिशत बजार हिस्सासहित चीनले यो स्मार्टफोनको बजार विस्तारको योजनामा नेतृत्वकारी भूमिका निर्वाह गर्ने पनि अपेक्षा गरिएको छ। यसपछि १६ प्रतिशत बजार हिस्साका साथ अमेरिकाको सम्भावना आकलन गरिएको छ।

प्रकाशित: १३ जेष्ठ २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार