
काठमाडौं ।
नोकिया र प्रोक्सिमसले ‘संसारको सबैभन्दा तिब्रगतिको’ लाइभ फाइबर नेटवर्क २५जी पिओएनमार्फत हालै बेल्जियममा जडान गरेका छन् ।
बेल्जियमको दूरसञ्चार मन्त्री, एन्ट्वर्पका मेयर, दुई कम्पनीका अधिकारी र इन्जिनियरहरूले एन्ट्वर्पमा आयोजित मिडिया इभेन्टमा नोकिया र प्रोक्सिमसलाई विश्वको सबैभन्दा द्रुत फाइबर पहुँच नेटवर्क भनेका छन्।
यसअघि नै सञ्चालनमा रहेको प्रोक्सिमस नेटवर्कमा तैनाथ विद्यमान फाइबर र नोकिया उपकरणहरूमार्फत पहिलो २५जी पिओएन लाइभ नेटवर्क शहरको बीचमा प्रोक्सिमस केन्द्रीय कार्यालयसँग एन्टवर्पको पोर्टमा रहेको हभेनहुइस भवनलाई जोड्दछ।
सो नेटवर्कको गति २० गीगाबाइटलाई पार गरेको बताईएको छ जसले यसलाई विश्वको सबैभन्दा द्रुत फाइबर नेटवर्क बनाएको छ ।
प्रोक्सिमस बेल्जियमको नेतृत्वदायी फाइबर नेटवर्क कम्पनी हो जसले करिब ४५.९ प्रतिशत बजार हिस्सा लिएको छ ।
प्रकाशित: १३ जेष्ठ २०७८, बिहीबार