अमेजनका प्रमुख कार्यकारी अधिकृत जेफ बेजोसले जुलाई ५ देखि पद छोड्ने

  • Technology Khabar | १३ जेष्ठ २०७८, बिहीबार
अमेजनका प्रमुख कार्यकारी अधिकृत जेफ बेजोसले जुलाई ५ देखि पद छोड्ने

काठमाडौं ।

अमेजनका प्रमुख कार्यकारी अधिकृत जेफ बेजोसले यहि जुलाई ५ देखि आफ्नो पद छोड्ने भएका छन् । गत फेब्रुअरीमा अमेजनको प्रमुख कार्यकारी छोड्ने घोषणा गरेका अमेजनका संस्थापक बेजोसले अब अमेजनको कार्यकारी अध्यक्षको रुपमा मात्र काम गर्ने बताएका छन् ।

उनले क्लाउड कम्प्युटिङ्गका प्रमुख एण्डी जस्सीलाई आफ्नो पद हस्तान्तरण गर्ने भएका हुन् ।

बेजोसले सिईओको पदमा रहेर अन्तिमपटक वार्षिक साधारण सभामा बोल्दै भने, ‘जुलाई ५ तारिख महत्वपूर्ण र भावुक दिन भएको बताए । उनले भने सन् १९९४ मा ठिक २७ वर्ष अघि सोही दिन अमेजन स्थापना भएको थियो ।’

यसअघि फेब्रुअरीमा कर्मचारीलाई एक पत्र लेख्दै बेजोसले आफुले अन्य काम हेर्ने भन्दै अमेजनको प्रमुख कार्यकरी प्रमुखको पद छोड्ने घोषणा गरेका थिए ।

अमेजनको पद छोडेसँगै उनले आगामी दिनमा ब्लू ओरिजिन बेजोस अर्थ फण्ड वासिङ्गटन पोस्टलगायतमा ध्यान केन्द्रित गर्ने भएका छन् । सन १९९४ मा बेजोसले आफ्नो ग्यारेजबाट शुरुवात गरेको अमेजन अहिले विश्वमा १.७ ट्रिलियन डलरको कम्पनि बनेको छ ।

जेफ बेजोसको स्थानमा अमेजन वेब सर्भिसेजका प्रमुख एन्डी जस्सीलाई उक्त पदको जिम्मेवारी दिइनेछ ।

जेफ बेजोस ५७ वर्षको भए, उनले आफ्नो ग्यारेजबाट २७ वर्ष अगाडी अमेजनको शुरुवात गरेका थिए । हाल अमेजनमा स्ट्रिमिंग म्युजिक र टिभी, भाडाको सामान, क्लाउड कम्प्युटिङ्ग, रोबोटिक्स, आर्टिफिशियल इन्टेलिजेन्स र अन्य थुप्रै सेवाहरु छ ।

नयाँ सिईओ ५३ वर्षीय जस्सी, सन् १९९७ मा हावर्ड बिजनेस स्कुल सकिने बित्तिकै अमेजनमा आवद्ध भएका थिए । जस्सीले अमेजनको वेब सर्भिस स्थापना गरेका हुन् । अमेजन वेब सर्भिसेसले लाखौं कम्पनी, स्कुल र सरकारलाई वेबसाइट र एपहरुलाई क्लाउड होस्टिङ्गको पुर्वाधार उपलब्ध गराउँछ । एजेन्सी

प्रकाशित: १३ जेष्ठ २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

लमजुङमा अनलाइन ठगीका घटना बढ्दै

  • Technology Khabar
  • १३ जेष्ठ २०७८, बिहीबार