निन्टेन्डोको ओएलईडी स्विच सेप्टेम्बरमा आउन सक्ने

  • Technology Khabar | १३ जेष्ठ २०७८, बिहीबार
निन्टेन्डोको ओएलईडी स्विच सेप्टेम्बरमा आउन सक्ने

काठमाडौं ।

ब्लूमबर्गमा आएको एक रिपोर्ट अनुसार निन्टेन्डोले आफ्नो थुप्रै चर्चा बटुल्न सफल स्विचको नयाँ भर्सन आगामी सेप्टेम्बर वा अक्टोबरसम्ममा ल्याउने बुझिएको छ।

यसको उत्पादन छिटोमा जुलाइबाट शुरु हुने र जुन १२ मा भर्चुअल माध्यमबाट सम्पन्न हुने ई३ ट्रेड शोभन्दा अगाडि उक्त डिभाइको घोषणा भइसक्ने पनि ब्लूमबर्गले जनाएको छ।

ई३ ट्रेड शो अगाडिको घोषणाबाट तेस्रो पक्षका प्रकाशकलाई इजाजत दिइने तथा निन्टेन्डो आफैंले पनि उक्त गेम नयाँ हार्डवयरमा चलाएर देखाउने मोका मिल्नेछ। स्विचको यो भर्सनमा डीएलएसएस प्रविधिसहितको एनभिडियाको शक्तिशाली चिप प्रयोग भएको र यसले टीभीमा फोरके आउटपुट दिन सक्ने बताइएको छ। यसबाहेक सामसङको ७ इन्चको ओएलईडी डिस्प्ले पनि दिइनेछ।

विश्वव्यापी चिप तथा अन्य कच्चा पदार्थ अभावका बीच पनि निन्टेन्डो स्विचको ओएलईडी भर्सनको आपूर्ति माग अनुसार नै गर्न सकिने आपूर्तिकर्ताहरुले विश्वास दिलाएका छन्।

‘यसको सम्भावित कच्चा पदार्थको अभावका हिसाबले उत्पादन रेखा उत्कृष्ट तरिकाले तयारी गरिएको छ भने निन्टेन्डोले प्रयोग गर्ने कच्चा पदार्थ अन्य उत्पादकहरुले अझ शक्तिशाली कन्सोलमा प्रयोग गर्नेभन्दा कम प्रतिस्पर्धी छन्, रिपोर्टमा भनिएको छ, ‘तर पनि माग बराबरको आपूर्ति हुनेमा पूर्ण ग्यारेन्टीका लागि कम्पनीको क्षमतामाथि चुनोती थपिएको छ।’

स्विचको हाल चलिरहेको मोडल गत वर्ष कोरोना महामारीका कारण माग बढेको र आपूर्ति श्रृङ्खलामा पनि समस्या आएका कारण थुप्रै ठाउँमा अभाव भएको थियो।

प्रकाशित: १३ जेष्ठ २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

China’s Long March-8A rocket launches internet satellites

  • Technology Khabar
  • १३ जेष्ठ २०७८, बिहीबार